अक्सिजन उद्योग सञ्चालन गर्न चाहने उद्योगीले ५० करोडसम्मको पुनर्कर्जा सुविधा पाउने

अक्सिजन उद्योग सञ्चालन गर्न चाहने उद्योगीले ५० करोडसम्मको पुनर्कर्जा सुविधा पाउने

केन्द्रबिन्दु
0
Shares

कोरोना महामारीको दोस्रो लहरले नेपालमा अक्सिजनको अभाव भएको छ। अक्सिजन सहज बनाउनका लागि अब अक्सिजन उत्पादन गर्न चाहने उद्योगी तथा व्यवसायीलाई बैंकहरुले आधारदरमै ऋण उपलब्ध गराउने भएका छन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै सो सुविधा दिएको हो। 

कोरोना भाइरसका कारण अक्सिजनको माग बढेपछि अक्सिजन उद्योग स्थापनाका लागि सहुलियत दरमा ब्याजदर दिने नीतिगत निर्णय गरेको राष्ट्र बैंकले जनाएको छ।

नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनका लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधारदरमै कर्जा उपलब्ध गराउनु पर्नेछ।

अहिले सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्टको लागि ५० करोड रुपैयाँसम्म तथा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनका लागि २० करोडसम्मको कर्जालाई एक वर्षका लागि विशेष पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउने राष्ट्र बैंकले बताएको छ।

Logo