प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ।
बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित कार्यदलबाट रिपोर्टिङ हुने बताइएको छ।
त्यस्तै राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थायी कमिटी सदस्य रामबहादुर थापा बादललाई माधव पक्षले गरेको असहयोगको बारेमा समेत समीक्षा हुने बताइएको छ।
स्रोतका अनुसार आजको बैठक माधव पक्षसँग मिलन वा बिछोड तय गर्ने प्रमुख बैठक हुने बताएको छ। बैठकका अन्य एजेण्डा भने सार्वजनिक भएको छैन।































प्रतिक्रिया