शुक्रबार बेलुकासम्म वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान

शुक्रबार बेलुकासम्म वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । राष्ट्रपती भण्डारीले भोलि शुक्रबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी हुन् ।

आज बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र वैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेकाे थियो । राष्ट्रपतिले शुक्रबार साँझसम्म विश्वासको मत प्राप्त गर्ने आधारसहित सरकार गठनका लागि आह्वान गरेकी हुन्। 

ओलीले जेठ ३० गतेभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने भए पनि उनले विश्वासको मत नलिने निर्णय गरेका हुन्। प्रधानमन्त्री ओलीले वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्दै २१ घण्टाकाे समय दिएकी हुन् । 

Logo