आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न ओलीको आव्हान

आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न ओलीको आव्हान

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न आव्हान गरेका छन्। 

बालुवाटारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दलहरूलाई वैकल्पिक सरकार बनाउन सुझाव दिँदै त्यसो नभए आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न दलहरूलाई आग्रह गरेका हुन्।

‘वैकल्पिक सरकार बनाउनुस्। मेरो दलले रचनात्मक सहयोग गर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘कि राष्ट्रिय सरकार बनाऔँ सबैको सहयोगमा कोभिड–१९ का विरुद्ध लडौँ।’ 

उनले आफूले वैकल्पिक सरकार गठन गर्न बाटो खोलिदिएको भन्दै यसबारेमा नकारात्मक र आवेश उत्तेजनामा नजान आग्रह गरे। 

उनले आफ्नो च्वाइस आफ्नै नेतृत्वको सरकार रहेको भन्दै हुँदै नभए संसद् विघटनको बाटोमा जानसक्ने संकेत गरे।

Logo