हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं।
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले १ सय ५३ जना सांसदको आफूलाई समर्थन रहेको जानकारीसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् । यस्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले पनि १ सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दावी पेस गरेको छ। प्रधानमन्त्री ओली स्वयंले र विपक्षी गठबन्धनले आफू आफू बहुमतको दाबी लिएर आएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको आधारलाई अध्ययन गर्ने भएकी छिन्।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा एकै दिन १३ वटा रिट परेका छन्। तर, दर्ता भने सर्वोच्च प्रशासनले आइतबार मात्र हुने जनाएको छ। रिट निवेदनको अध्ययनपछि मात्रै दर्ता हुने सर्वोच्च प्रशासनले जनाएको हो। संविधानको धारा ७६ (३) अनुसारको प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको र राजीनामा पनि नदिइ धारा ७६(५) अनुसारको सरकार गठनका लागि कदम चालेको भन्दै त्यसविरुद्ध सर्वोच्चमा शुक्रबार कानून व्यवसायीहरूले रिट दायर गरेका हुन्।
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २२६ जनामा गरिएको परीक्षणमा ८ हजार ६०७ जना संक्रमित थपिएका हुन्। सोही अवधिमा ७ हजार ८९० जना संक्रमित निको भएका छन्। नेपालमा पछिल्लो एक हप्तामा निको हुनेको संख्या ४७ हजारमाथि रहेको पनि तथ्यांकले देखाएको छ।
सरकारले १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि अर्थ मन्त्रालयले थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँको निकासा गरि दिएको छ। जसमा भक्तपुर क्यान्सर अस्पतालका लागि २ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि ५ करोड १२ लाख ७० हजार, चरिकोट अस्पतालका लागि १ करोड ५५ लाख, जिरी अस्पतालका लागि ८० लाख, बाजुरा अस्पतालका लागि ७५ लाख, बझाङ अस्पतालका लागि १ करोड ५५ लाख रुपैयाँ रहेको छ।
संयुक्तराज्य अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा बसोबास गरिरहेका एसियाली र प्रशान्त क्षेत्रका मानिस विरुद्ध घृणाजन्य अपराध बढेको भन्दै नयाँ विधेयका हस्ताक्षर गरेका छन्। अमेरिकाले कोरोनाभाइरस महामारी सुरु भएयता एसियाली र प्रशान्त क्षेत्रका मानिस र उनीहरुका व्यवसायलाई लक्षित गरी चक्कु प्रहार गर्ने, गोली चलाउने र अन्य किसिमका आक्रमण गर्ने घटना पढेपछि नयाँ विधेयक ल्याएको हो। विधेयक प्रमाणीकरण कार्यक्रममा घृणा र जातिभेदलाई सबैले मिले परास्त गर्नुपर्नेमा राष्ट्रपछि बाइडेनको जोड दिएका छन्।































प्रतिक्रिया