सुकीको पार्टी खारेज गर्ने म्यान्मार निर्वाचन आयोगको तयारी

सुकीको पार्टी खारेज गर्ने म्यान्मार निर्वाचन आयोगको तयारी

केन्द्रबिन्दु
0
Shares

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने सम्भावना देखिएको छ। सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो।

गत बर्ष भएको निर्वाचनमा जालसाझी गरेको आरोप लगाउँदै सो पार्टी खारेज गर्ने बारेमा विचार गरिरहेको आयोगले स्पष्ट पारेको छ। सेनाद्वारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग राजधानीमा शुक्रबार भएको छलफलमा सुकीको पार्टी खारेज गर्ने बारेमा आफूहरुले विचार गरिरहेको जानकारी दिएका हुन्।

“सो पार्टीले अरु पनि अवैधानिक कामहरु गरिरहेकाले त्यो पार्टी विघटन हुनसक्छ,” उनले बैठकमा भने । गत बर्षको नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले ८३ सिटमा जित हासिल गरेको थियो। त्यस निर्वाचनलाई सेनाले धाँधलीपूर्ण भएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो। 

त्यतिबेलाको निर्वाचन धाँधलीपूर्ण भएकाले फेरि अर्को निर्वाचन गर्नुपर्ने भन्दै म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएको छ। म्यानमारमा सेनाले शिर्ष नेताहरुलाई बन्दक बनाउँदै सत्ता नियन्त्रणमा लिएर अहिले आफैं शासन गरिरहेको छ। गत फेब्रअरी १ मा सेनाले शासन हातमा लिएपछि त्यसको विरोधमा म्यानमारमा नागरिक आन्दोलन भइरहेको छ।

Skip This
Skip This
Logo