एस्ट्राजेनिकाको भ्याक्सिन B.1.617 भेरियन्टमा ६६ प्रतिशत प्रभावकारी

एस्ट्राजेनिकाको भ्याक्सिन B.1.617 भेरियन्टमा ६६ प्रतिशत प्रभावकारी

केन्द्रबिन्दु
0
Shares

भारत लगायत नेपाल हाल कोरोनाको दोस्रोचरणको मारमा रहेका छन्। अन्य भरपर्दो वैकल्पिक उपाय नभएकाले हाललाई कोरोना रोकथामको भरपर्दो उपाय भनेको नै भ्याक्सिन बनेको छ। 

हालै बेलायतमा भएको एक शोधमा कोभिडको दोस्रो चरणको भेरियन्ट मानिएको B.1.617 मा फाइजर, बायोएनटेक तथा एस्ट्राजेनिकाको भ्याक्सिन प्रभावकारी मानिएको छ । एस्ट्राजेनिकाको भ्याक्सिन भारतमा कोभिशिल्डको नाममा उत्पादित छ। जसको भारतमा पुनास्थित सेरम इन्स्टिच्युटबाट उत्पादन भइरहेको छ । शोधका अनुसार खोपको दुई मात्रा भारत तथा बेलायतमा देखिएको B.1.617 भेरियन्टमा निकै प्रभावकारी मानिएको छ। 

फाइजर बायोएनटेकको दुई मात्रा खोप यस B.1.617 भेरियन्टमा ८८ प्रतिशत प्रभावकारी मानिएको छ। उक्त भेरियन्ट भारतमा पहिलोपटक महाराष्ट्रमा देखिएको थियो र संसारभर चर्चामा समेत रहेको थियो। 

बेलायतमा गरिएको शोधमा खोपको पहिलो मात्रा केवल ३३ प्रतिशत प्रभावकारी रहेको पाइएको थियो भने दोस्रो मात्रा पनि लगाउँदा भने यसको प्रभावकारिता निकै बढेको पाइयो। 

यस शोधबाट उत्साहित भएर बेलायतका स्वास्थ्य मन्त्री म्याट हेन्ककले शोधको नतिजा एकदमै उत्साहित भएकाले कोभिडबाट जोगिनका लागि खोप कति महत्वपूर्ण छ, तथा दोस्रो मात्रापछि यसको प्रभावकारिता धेरै बढ्ने हुनाले आम मानिसलाई खोप लगाउन अपीलसमेत गरेका छन्। 

यसैबीच बेलायतले खोप अभियानलाई तीव्रता दिने कोसिस गरिरहेको छ। जसका लागि उसले दोस्रोखोपको पहिले भनिएको अवधि १२ हप्ताबाट घटाएर ८ हप्ता कायम गरेको छ। तर, भारतले भने यसको अन्तर बढाएर १२ देखि १६ हप्ता गरेको छ। 

Logo