सभामुख सापकोटा पूर्वसभामुखहरुसँग छलफलमा, सुवास नेम्वाङ भने गएनन्

सभामुख सापकोटा पूर्वसभामुखहरुसँग छलफलमा, सुवास नेम्वाङ भने गएनन्

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरुसँग छलफल गर्दैछन् । यसकै लागि उनले बोलाएका पूर्वसभामुखहरुको बैठक नयाँ बानेश्वरमा सुरु भएको छ।

सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनपछिको अवस्था र यसमा सभामुखको भूमिकाका बारेमा छलफलका लागि बैठक बोलाएका हुन् । 

बैठकमा पूर्वसभामुखहरु रामचन्द्र पौडेल, ओनसरी घर्ती र कृष्णबहादुर महरा उपस्थित छन् । यस्तै पूर्वसभामुखद्वय दमननाथ ढुंगाना र तारानाथ रानाभाटले भर्चुअल रुपमा बैठकमा सहभागिता जनाएका छन्। 

बैठकमा पूर्वसभामुख सुवास नेम्वाङ भने गएका छैनन् । 

Logo