जसले आइसियु बेड कुर्दा कुर्दै ज्यान गुमाए

जसले आइसियु बेड कुर्दा कुर्दै ज्यान गुमाए

केन्द्रबिन्दु
0
Shares

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा रहेकी संक्रमितको मृत्यु भएको छ।

कोरोना संक्रमण देखिएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी ७७ वर्षीया महिलाको आइसियु बेड खाली हुने प्रतीक्षामा रहेकै अवस्थामा मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

गत असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी सुनवल–९, नवलपरासीकी ती वृद्धालाई तत्कालै आइसियुमा राख्नुपर्ने भए पनि बेड अभावका कारण प्रादेशिक अस्पतालको फिवर क्लिनिक सेन्टरमा राखिएको थियो ।

बुटवलको धागो कारखानामा अवस्थित अस्थायी कोराना विशेष अस्पतालमा आइसियु बेड खाली भएपछि बिरामीलाई स्थानान्तरण गर्ने क्रममा बाटौमै मृत्यु भएको अस्पतालले जनाएको छ ।

Logo