कांग्रेस प्रवक्ता शर्मा कोरोना सङ्क्रमणमुक्त

कांग्रेस प्रवक्ता शर्मा कोरोना सङ्क्रमणमुक्त

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त भएका छन्। कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माको सोमबार गरिएको परीक्षणको आज आएको रिपोर्टमा उनी कोरोना सङ्क्रमणमुक्त भएका हुन्। 

प्रवक्ता शर्माले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूसँगै सम्पूर्ण परिवार कोरोना सङ्क्रमणमुक्त भएको जानकारी दिएका हुन्। प्रवक्ता शर्माले कोरोना लागे पनि उच्च मनोवल राखे जित्न सकिने बताए। 

“म कोरोनाबाट सजगताका साथ जोगिन अपिल गर्दै सङ्क्रमितलाई उच्च मनोवल राख्न आग्रह गर्दछु”, उनले भनेका छन्। 

प्रवक्ता शर्माले मित्रको शुभेच्छा र चिकित्कसको मार्ग निर्देशनप्रति आभारी भएको बताए। कांग्रेस प्रवक्ता शर्माको वैशाख १९ गते स्टार अस्पताल ललितपुरमा गरिएको पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टी भएको थियो।

Skip This
Skip This
Logo