बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवातको प्रभाव कायमै

बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवातको प्रभाव कायमै

केन्द्रबिन्दु
0
Shares

पूर्वीमध्य बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यास् उत्तर–पश्चिम सर्ने क्रममा मंगलबार साँझबाट धेरै शक्तिशाली चक्रवातमा परिणत भएको छ। यसको प्रभावस्वरुप पूर्वी नेपालबाट सुरु भएको असर क्रमशः पश्चिमतर्फ सर्ने क्रममा छ। जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आज विभिन्न ठाउँमा पानी पर्ने तथा हावाहुरी चलिरहेको छ। 

ठूलो हावाहुरी भने नचल्ने तर चक्रवातको असर शनिबारसम्म देखिने बताइएको छ। आइतबारबाट कम हुँदै क्रमशः हट्दै जाने विभागले जनाएको छ।

काठमाडौंमा गत २४ घण्टामा ५.६ मिलिमिटर पानी परेको थियो । आज दिनभर काठमाडौंको मौसममा बदली भइरहने छ। चक्रवातको असर शनिबारसम्म नेपालका भू–भागमा पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। 

आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। 

Logo