आज बुधबार २५६५ औ बुद्ध जयन्ती। कोरोना संक्रमणको जोखिमकाबीच अनौपचारिक रुपमा मनाईंदै छ। नेपाल लगायत विश्वभरी रहेका बौद्धमार्गीहरुले कोरोना कहरकाबीच बुद्ध जयन्ती मनाइरहेका छन्।
.jpg)
काठमाडौं उपत्यकामा विगत २६ दिनदेखि निरन्तर निषेधाज्ञा भएकोले स्वयम्भु, बौद्ध जस्ता क्षेत्र आज बुधबार सुनसान देखिएका छन्। यसअघिका बुद्ध जयन्तीहरुमा बौद्ध धर्मावलम्बीहरुको ठूलो भीड लाग्ने स्वयम्भु कोरोना महामारीका कारण सुनसान बन्यो। बुद्ध जन्मस्थलमा भने दीप प्रज्वलन गरी बुद्धपूर्णिमा मनाउने कार्यक्रम रहेको बताइएको छ।
.jpg)
हरेक वर्ष वैशाख शुक्ल पूर्णिमामा बुद्ध जयन्ती मनाउने गरिन्छ। बुद्धको जन्म , ज्ञान प्राप्ती र मृत्यु महापरिनिर्माण वैशाख शुक्ल पूर्णिमाकै दिन भएको मानिन्छ।
.jpg)





























प्रतिक्रिया