एकै दिन ७ सयले घट्यो सुनको भाउ, कति छ आज ?

एकै दिन ७ सयले घट्यो सुनको भाउ, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन आज प्रतितोला ७ सयले घटेको हो । आइतबार ३ सयले घटेको थियो । सोमबार २ सयले घटेको सुन मंगलबार ४ सयले बढेको थियो ।

गत हप्ता आइतबार सुन ७ सयले घटेको थियो । सोमबार २ सयले घटेको थियो । यस्तै मंगलबार ४ सयले बढेको सुन बुधबार ५ सयले बढेको थियो । विहिबार सुनको मूल्य ६ सयले बढेको थियो । यस्तै शुक्रबार २ सयले घटेको थियो ।

आज छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय कायम गरिएको छ । चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ । आज चाँदी १ हजार २५० मा कारोबार भइरहेको छ ।

Logo