सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटहरूको सुनुवाइ भइरहेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको पूर्ण इजलासमा सुनुवाइ भइरहेको हो।
सुनुवाइ भइरहेका रिटहरू अधिवक्ता सन्तोष भण्डारी र अधिवक्ता शैलेन्द्रप्रसाद अम्वेकडरले दर्ता गराएका हुन्। इजलासमा अन्य २८ वटा रिट पनि छन्।
प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा संविधानको धारा ७६ (५) अनुसार नियुक्त गर्न माग गरिएका रिटको संख्या २६ छ।
चारवटा चाहिँ सोही धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा एमाले अध्यक्ष केपी ओलीलाई नियुक्त गर्नुपर्ने र तोकिएकै समयमै मध्यावधि निर्वाचनको माग गरिएको रिट हुन्। ती रिटहरू गत आइतबार र सोमबार सर्वोच्चमा दर्ता भएका हुन्।





























प्रतिक्रिया