मुलुक हिंसात्मक द्वन्द्व र पृथकतावादी गतिविधि अन्त्य हुनु तीन वर्षको उपलब्धि होः प्रधानमन्त्री

मुलुक हिंसात्मक द्वन्द्व र पृथकतावादी गतिविधि अन्त्य हुनु तीन वर्षको उपलब्धि होः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले पृथकतावादको अभियान चलाइरहेको समूह विखण्डनको बाटो छाडेर राष्ट्रिय अखण्डताको पक्षमा उभिन सहमत भएको र हिंसाको बाटो हिडिरहेको समूह हिंसा परित्याग गर्दै आफ्ना सबै राजनीतिक गतिविधिहरू शान्तिपूर्ण ढङ्गले सञ्चालन गर्न सहमत भएकोलाई महत्वपूर्ण उपलब्धिको रुपले लिएका छन्।

ओलीले पृथकतावादको अभियान चलाइरहेको समूह विखण्डनको बाटो छाडेर राष्ट्रिय अखण्डताको पक्षमा उभिन सहमत भएका भन्नाले सिके राउत र उनको समूह र हिंसाको बाटो हिडिरहेको समूह हिंसा परित्याग गर्दै आफ्ना सबै राजनीतिक गतिविधिहरू शान्तिपूर्ण ढङ्गले सञ्चालन गर्न तयार भन्नाले नेकपा विप्लव र उनको समूहलाई इंगित गरेका हुन्।

दुबै समूह मुलुकमा हिंसात्मक गतिविधि गर्दै आएका थिए। दुबै समूह मुलधारको राजनीतिमा समाहित हुने घोषणा गरेसँगै मुलुकमा हिंसात्मक द्वन्द्व अन्त्य भएको थियो।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले संविधानको सर्वस्वीकार्यता स्थापित भएको पनि बताए। त्यस्तै ओलीले अनेकौं प्रतिकूलताका बीचमा पनि विगत तीन वर्षमा नेपालले उल्लेख्य प्रगति हासिल गरेको बताए।

संविधान कार्यान्वयन र संघीयताको सुदृढीकरण, आर्थिक वृद्धि, रणनीतिक महत्वका पूर्वाधारको विकास, सामाजिक न्याय र सुरक्षा, राष्ट्रियताको सम्वर्धन एवं सुशासनका क्षेत्रमा सरकारको योजनाबद्ध प्रयासहरूको प्रतिफल देखिन थालेको ओलीले बताए। दोस्रोपटक प्रतिनिधिसभा विघटन सँगै संबिधान च्यातेको आरोप लागेका ओलीले आजको सम्बोधनमा संविधान पूर्ण कार्यान्वयनमा आएको बताए।

सङ्घीय प्रणाली संस्थागत र क्रियाशील भएको, लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायहरूले पूर्णता पाएका र ५० भन्दा बढी कानुनहरू बनेको र मुलुक हिंसात्मक द्वन्द्वबाट मुक्त हुनु र पृथकतावादी गतिविधि अन्त्य हुनु यस कालखण्डको महत्वपूर्ण उपलव्धिका रूपमा पछिसम्म पनि अङ्कित रहने ओलीको दाबी छ।

Skip This
Skip This
Logo