अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना महामारीको बीचमा पनि नेपालको अर्थतन्त्र राम्रो भएको दाबी गरेका छन्।
बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले आर्थिक वृद्धिदरमा केहि समस्या रहे पनि अर्थतन्त्रका सूचक भने राम्रो रहेको दाबी गरेका छन्।
मूल्यवृद्धि, सरकारी खर्च, वैदेशिक सहायता, पुँजीबजार लगायतका सूचक सकारात्मक रहेको पौडेलको भनाइ छ। निर्यात बढेको, वैदेशिक मुद्राको सञ्चिती राम्रो रहेको लगायतका विषय अर्थमन्त्रीले बताए।
त्यस्तै, सरकारले आगामी आर्थिक वर्षमा आर्थिक सूचकमा चाप पर्ने अनुमान गरेको छ।
सरकारले प्रदेश र स्थानीय तहमा जाने समपुरक र समानीकरण अनुदान बढाएको छ।
बजेटको उद्देश्य जनताको जीवन रक्षा, विकास निर्माणमा तीव्रता, लोक कल्याणकारी कार्यक्रम र उत्पादनशील अर्थतन्त्र निर्माण केन्द्रित रहेको बताएको छ।
त्यस्तै, सरकारले कोभिड नियन्त्रणमा बजेट केन्द्रित, उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने पनि जनाएको छ।





























प्रतिक्रिया