कक्षा १२ सम्मकै विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन १ अर्ब २० करोड बजेट

कक्षा १२ सम्मकै विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन १ अर्ब २० करोड बजेट

केन्द्रबिन्दु
0
Shares

कक्षा १२ सम्मकै विद्यार्थीहरूलाई सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले त्यसका लागि १ अर्ब २० करोड रूपैयाँ बिनियोजन गरेको बताए।

वैकल्पिक शिक्षा कार्यान्वयनलाई पनि सरकारले प्रभावकारी बनाउने भएको छ। 

त्यसका लागि नेपाल टेलिभिजनबाट ‘शैक्षिक च्यानल’ सञ्चालन गर्ने भएको छ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शैक्षिक नतिजाको आधारमा अनुदान पनि दिने भएको छ।

Logo