रामेछापमा तीन अर्ब चार करोड ५३ लाख बजेट, कुन पालिकामा कति?

रामेछापमा तीन अर्ब चार करोड ५३ लाख बजेट, कुन पालिकामा कति?

केन्द्रबिन्दु
0
Shares

आगामी आर्थिक वर्षका लागि रामेछाप जिल्लाले तीन अर्ब चार करोड ५३ लाख रुपियाँ बजेट पाउने भएको छ। 

सरकारले शनिबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै रामेछाप  जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकाका लागि आगामी आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब चार करोड ५३ लाख रुपियाँ बजेट विनियोजना गरेको छ। 

जिल्लामा सबैभन्दा बढी बजेट मन्थली नगरपालिकाले पाउने भएको छ भने सबैभन्दा कम उमाकुण्ड गाउँपालिकाले पाउने भएको छ।

उमाकुण्ड, गोकुलगंगा र दोरम्बा गाउँपालिकाको बजेट गत वर्षको तुलनामा घटेको छ।

कुन पालिकाको कति ? 

मन्थली नगरपालिकाः ५८ करोड ५७ लाख 

रामेछाप नगरपालिकाः ४३ करोड २७ लाख 

उमाकुण्ड गाउँपालिकाः २९ करोड ४२ लाख 

खाँडादेवी गाउँपालिकाः ४१ करोड ४८ लाख 

गोकुलगंगा गाउँपालिकाः ३२ करोड २१ लाख 

दोरम्बा सैलुङ गाउँपालिकाः ३३ करोड ९० लाख 

लिखु तामाकोशी गाउँपालिकाः ३५ करोड ३० लाख 

सुनापति गाउँपालिकाः ३० करोड ८७ लाख 

यस्तो थियो गतवर्षको बजेटः 

मन्थली नगरपालिकाः ५७ करोड ५९ लाख 

रामेछाप नगरपालिकाः ४१ करोड ३ लाख 

उमाकुण्ड गाउँपालिकाः ३१ करोड ६८ लाख 

खाँडादेवी गाउँपालिकाः ४० करोड १९ लाख 

गोकुलगंगा गाउँपालिकाः ३३ करोड २४ लाख 

दोरम्बा गाउँपालिकाः ३४ करोड १५ लाख 

लिखु तामाकोशी गाउँपालिकाः ३२ करोड ९ लाख 

सुनापति गाउँपालिकाः २९ करोड ५५ लाख

Logo