कोरोना बढेको बढ्यै : अब लकडाउन कि जनचेतना ? (भिडियोसहित)

कोरोना बढेको बढ्यै : अब लकडाउन कि जनचेतना ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो दुई महिनादेखि नेपालमा लगातार रुपमा कोरोना संक्रमणको दर उच्च रुपमा बढ्दै गएको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाएको १२० दिन लामो लकडाउन अन्त्य गरेको दूई महिना र पछिल्लो पटक काठमाडौं उपत्यकामा लगाएको २४ दिने निषेधाज्ञा पनि अन्त्य भएको एक महिना पूरा भएको छ ।

यसरी अहिले नेपालमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गइरहेको छ । पछिल्ला एक सातादेखि कोरोना संक्रमणले नयाँ रेकर्ड राख्दै गएको छ । गत शनिबार नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै एकै दिन ५ हजार ८ जनामा कोरोना संक्रमण भएर रेकर्ड नै कायम गरेको थियो ।

तर नागरिकहरुले भने स्वास्थ्य मापदण्डलाई पालना गर्न छोडेका छन् । कोरोना केही होइन भन्दै सडकमा मास्क समेत प्रयोग नगरी हिड्ने गरेका छन् । यसले गर्दा अझ धेरै जोखिम बढ्दै गएको छ । पछिल्लो समय त झन सडक आन्दोलन भन्दै सडकमा भिडभाड बढेको छ । करिव एक महिनादेखि विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनःनियुक्तिको माग राख्दै आन्दोलन भइरहेको छ भने २० दिन देखि शनिबारसम्म डा।गोविन्द केसीको सत्याग्रंहको माग सम्बोधन गर्न भन्दै माइतिघरमा आन्दोलन भयो । यसले गर्दा पनि कोरोना संक्रमण दर बढीरहेको छ । जनस्वास्थ्य विज्ञहरुले बारम्बार भन्दै आएका छन्, जहाँ भिड त्यहाँ कोरोना ।

अहिले लामो तथा छोटो दुरीका यातायातहरु पनि सञ्चालनमा आएका छन् । सरकारले स्वास्थ्य मापदण्ड अपनाएर सिट क्षमता भन्दा आधा मात्रै यात्रु र ५० प्रतिशत भाडा बढाएर यातायात सञ्चालन गर्न अनुमति दिएको छ । तर सरकारले बनाएको स्वास्थ्य मापदण्ड कुनै पनि पालना भएको छैन । आधाको यात्रुको कुरा छोडौं सवारी साधनमा उभिएर यात्रा गरिरहेका छन् । सरकारले यहाँ पनि कुनै अनुगमन गरहेको छैन । सवारीले भाडा ५० प्रतिशत बढी नै लिने गरेका छन् ।

अहिले हिन्दु धर्मावलम्बीहरुको मूख्य चार्ड दसैँ भित्रिन लागेकाले मानिसहरुको बजारमा भिड लाग्न थालेको छ । मानिसहरु दसैं मनाउनका लागि गाउँ जाने र काठमाडौं आउने क्रम पनि बढेको छ । यस्तो अवस्थाले गर्दा कोरोना संक्रमणको अवस्था अझ भयावह हुन सक्ने विज्ञहले बताएका छन् ।

Skip This
Skip This
Logo