१६५ केजी गाँजासहित एक जना पक्राउ

१६५ केजी गाँजासहित एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

सुनसरीको सीमावर्ती क्षेत्रबाट १६५ केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र सीमा प्रहरी चौकी भाण्टावारीबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा सनिबार राती २ः४५ बजेको समयमा १६५ केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले सुनसरीको कोशी गाँउपालिका–८ स्थित राजमार्ग दक्षिणपट्टी रहेको पानीटंकी नजिक प्लाष्टिकले वेरी शंकास्पद रुपमा राखिएको ६ थान बोरा फेला पारेको थियो ।

उक्त बोरा खोलि हेर्दा लागु औषध तयारी गाँजा देखिएकाले गाजाको धनिको खोजी गर्ने क्रममा नजिकै कोशी गाँउपालिका–८ का ४० वर्षिय गणेश यादवलाई फेला पारी नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

Skip This
Skip This
Logo