‘तिम्रो ल्याङ्ग ल्याङ्ग-२’ ट्रेलर सार्वजनिक

‘तिम्रो ल्याङ्ग ल्याङ्ग-२’ ट्रेलर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ को सिजन-२ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । पहिलो सिजनबाट दर्शकहरुको मन जितेपछि सिरिज निर्माण टिमले सिजन-२ ल्याउन लागेको हो । युवा पुस्तालाई लक्षित गरेर बनाईएको सिरिजको ट्रेलर हासो, रोदन, प्रेम, बिछोड आदि देख्न सकिन्छ ।

यहि कार्तिक ३ गतेबाट सार्वजनिक हुन लागेको सिरिज करिब १६ एपिसोडको हुनेछ । सुजन मानन्धरले निर्देशन गरेको उक्त सिरिज ह्याप्पी रेकर्ड्स नेपालको युट्युव च्यानल र हिमालयन टेलिभिजनमा प्रत्येक सोमबार राती ८ः३० बजे प्रशारण हुनेछ ।

ह्याप्पी रेकर्ड्सले निर्माण गरेको सिरिजको सम्पूर्ण छायांकन काठमाडौँ उपत्यकामा नै गरिएको हो । सिरिजको मूख्य भूमिकामा सुमन चित्रकार श्रेष्ठ, एरिना गुरुङ, सिरन बज्राचार्य, सपना तामाङ्ग, सुरेन्द्र मानन्धर, निश्चल जंग थापा, क्रिरण स्याङ्गतान आदि रहेका छन् ।

सुमन चित्रकारको कथा पटकथा तथा संवाद रहेको सिरिजलाई निस बज्राचार्यले खिचेका हुन । सिरिजको शीर्ष गीतको शब्द कर्ण श्रेष्ठ तथा संगीत अलमोडा राना उप्रेतीको रहेको छ । सिरिजको सम्पादन निर्देशक स्वयंले गरेका हुन् ।भिडियो :

Skip This
Skip This
Logo