काठमाडौं ।
सन् २००७ देखि संचालनमा आएको ग्लोवल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन अर्थात् गेट कलेज नेपालकै उत्कृष्ट हस्पिटालिटी कलेज हो । काठमाडौंको मण्डिखाटारमा रहेको यो कलेज स्वीस डिग्री स्ट्याण्डर्ड प्रदान गर्ने दक्षिण एसियाकै पहिलो कलेज हो । गेट कलेज नेपालको पहिलो अन्तर्राष्ट्रिय पुरस्कार वर्ल्ड हस्पिटालिटी अवार्ड जित्ने नेपालकै पहिलो कलेज पनि हो । यस कलेजले सो पुरस्कार दुई पटक पाउन सफल भइसकेको छ ।
भिडियाे :
शिक्षा क्षेत्रमा प्रतिबद्ध विशुद्ध प्राज्ञिक व्यक्तिहरूको समूहबाट सञ्चालित यस कलेजले नेपालमा स्वीस स्ट्याण्डर्ड बमोजिमको शिक्षा प्रदान गर्दै आएको छ । यसले रोजगारमूलक भोकेशनल शैक्षिक कार्यक्रममा विशेष जोड दिँदै आएको छ । यस कलेजले निःशुल्क रोजगारीको अवसर समेत प्रदान गरिरहेको छ । यस कलेजले उत्पादन गरेका विद्यार्थीहरुले देश विदेशका विभिन्न होटलहरुमा आफूलाई विभिन्न विधामा स्थापित गरिसकेका छन् भने उनीहरुले आफ्नै व्यवसाय समेत सञ्चालनमा ल्याइसकेका छन् ।
यसै क्रममा गेट कलेजका विद्यार्थीहरुले कपनस्थित आफ्नै ल्याण्डमा ३ वर्षदेखि फ्रेस फार्म भनेर एउटा रेष्टुरेन्ट पनि सञ्चालन गरिरहेका छन् । यो रेष्टुरेन्ट शुरुमा कृषिबाट थालनी गरिएको थियो । आधुनिक र नौलो तरिकाबाट सञ्चालित उक्त फार्ममा बाँसबाट बनाइएका बस्ने कटेजहरु छन् । रेष्टुरेन्टको शान्त र मनोरम दृश्यले यहाँ आउने जो कोहीलाई पनि लोभ्याउने गर्दछ । आफ्नै बारीमा फलाएको फ्रेस तरकारी, आफैँले पालेको माछा, कुखुरा, हाँस र मौलिक तरिकाले खानेकुरा पकाउने यहाँको मुख्य आकर्षण हो ।
यस रेष्टुरेन्ट सञ्चालक मध्येका एक हुन् ओम श्रेष्ठ । आफूलाई पहिलेदेखि नै पकाउनमा रुचि भएकै कारण गेट कलेजमा भर्ना भई ७ महिना कलनरी डिप्लोमा कोर्स गरेको बताउँछन् । ‘गेट कलेजमा सिकेकोे ज्ञानहरुले मेरो सफलतामा ठूलो योगदान पुर्याएको छ” श्रेष्ठ भन्छन् ।































प्रतिक्रिया