बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ‘मदन भण्डारी फाउण्डेसन’लाई दिने भनिएको ५० लाख रूपैयाँ फिर्ता लिएका छन्।
उक्त रकम विद्युतीय बस सञ्चालनका लागि दिने प्रदेश सरकारको तयारी थियो। सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पौडेलले विपक्षी दलहरूले फाउण्डेसनलाई दिने भनिएको रकमबारे विरोध जनाएपछि फिर्ता लिने निर्णय लिएको बताए।
यसअघि प्रतिपक्षी दलहरू कांग्रेस, माओवादीलगायत दलका सांसदहरूले विरोध गरेका थिए।
विरोधस्वरूप दुई दिनसम्म प्रदेशसभा बैठक अबरुद्ध भएको थियो। तर, उनले तुलसीलाल स्मृति प्रतिष्ठान, पोष्टबहादुर स्मृति पार्क, सुवर्ण शम्शेर जबरा प्रतिष्ठानलगायतलाई दिएको रकमबारे विरोध नभएको र मदन भण्डारी फाउण्डेसनलाई दिएको रकमबारे किन विरोध भयो? भन्दै प्रश्न पनि गरेका छन्। उनले आगामी दिनमा त्यसबारे समीक्षा हुने बताए।
विगत केही वर्ष यता भेदभावविना देश र जनताको हितका लागि भएको प्रजातान्त्रिक आन्दोलनमा लाग्दालाग्दै जीवन उत्सर्ग गर्न पुगेका नेताहरूको स्मृतिमा गठित प्रतिष्ठानहरूलाई रकम दिँदै आएको बताएका छन्।































प्रतिक्रिया