नेपाल स्काउट प्रदेश नम्बर १ द्वारा कोरोना संक्रमितको शव व्यवस्थापन

नेपाल स्काउट प्रदेश नम्बर १ द्वारा कोरोना संक्रमितको शव व्यवस्थापन

केन्द्रबिन्दु
0
Shares

प्रदेश नम्बर १ को राजधानी विराटनगरमा आज नेपाल स्काउट प्रदेश तदर्थ समितिका संयोजक रवि खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटरहरुको टिमले संस्थागतरुपमा पहिलो पटक कोभिड १९ बाट संक्रमण भई निधन भएका विराटनगरका ५४ वर्षिय पुरुषको शव ब्यवस्थापन गरेको छ। 

यस अघि नै संक्रमितहरुको शव ब्यवस्थापनका निम्ति प्रदेश नम्बर १ का झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटरलाई नेपाली सेना पूर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा, हिलेले तालिम दिएको थियो। 

स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत नवराज घिमिरेले बेलबारी, रंगेली, धरान, दमक, बिर्तामोड र भद्रपुरमा पनि स्काउटले शव ब्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिएका छन्। 

शव ब्यवस्थापनका लागि खटिएका स्काउट स्वयंसेवकहरुलाई अलग्गै बस्ने ब्यवस्थापन गरिएको पनि घिमिरेले जानकारी गराए। कोभिड १९ महामारीलाई लक्षित गर्दै स्वास्थ्य परामर्श प्रदान गर्ने उद्देश्यका साथ डाक्टर अन कल हेल्पलाईन सेवा पनि संचालनमा रहेको छ।

Skip This
Skip This
Logo