नेपाली उद्योग क्षेत्रको चिरपरिचित नाम ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि. र भाजुरत्न ट्रेडिङ्ग कम्पनि प्रा. लिले कोभिड महामारीको यस कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब २ करोड रकम सहयोगस्वरुप प्रदान गरेको छ।
सहयोगका क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा रु. १० लाख राहत रकम प्रदान गरेको छ । सहयोगकै क्रममा Creasion Nepal लाई रु. ५ लाख २२ हजार बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाई रु. ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटस् र हेल्थी नेशन फाउण्डेशनलाई रु. ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस् सहयोग उपलब्ध गराइएको छ।
त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने उक्त अक्सिजन जेनेरेटरहरूले ५० बेडलाई पर्याप्त हुने गरी प्रति मिनेट २५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ।
यसका साथै गंगालाल अस्पताललाई ५ लाखको PAPR सुट प्रदान गरेको छ । जर्मन अक्सिजन प्लान्टका लागि NBI (National Business Initiative) लाई १५ लाख र त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनि NOVAIR को अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनका लागि एअर कार्गोसहित कुल रु. १ करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको छ
त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने उक्त अक्सिजन जेनेरेटरहरूले ५० बेडलाई पर्याप्त हुने गरी प्रति मिनेट २५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ।





























प्रतिक्रिया