आज ५ हजार ९०४ जना निको भए, ७५ को मृत्यु, संक्रमित कति?

आज ५ हजार ९०४ जना निको भए, ७५ को मृत्यु, संक्रमित कति?

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ९०४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ।

नेपालमा आज ६ हजार ८२५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १००० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ५ लाख ७६ हजार ९३६ जना पुगेको छ। 

आज ७५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ।

आज २१ हजार ७७३ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३१ लाख ६ हजार ९३८ जनाको परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo