माधवपक्षको स्थायी कमिटी बैठक आज बस्दै

माधवपक्षको स्थायी कमिटी बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका निलम्वित नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक शनिबार बस्दै छ। 

कहाँ र कतिबेला बैठक बस्ने भन्ने टुङ्गो लागेको छैन। बैठकले बिहीबार र शुक्रबार भएको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्नेछ।

केन्द्रीय कमिटी सदस्य डा. देउमान सम्बाहाम्फेका अनुसार बैठकले स्थानीय तहको वडासम्मै पार्टीको समानन्तर कमिटी बनाउने र अन्तिम अवस्थासम्म अध्यक्ष केपी ओली पक्षसँग सम्वाद भने जारी राख्ने निर्णय गरेको छ।

नेता कार्यकर्तामाथि ओलीले गरेका कारबाही फुकुवा गराउन पहल गर्ने पनि निर्णय गरेको डा. सम्बाहाम्फेले बताए।

अध्यक्ष ओलीले पार्टी एकताविरोधी गतिविधि गरेको, विपक्षी गठबन्धनमा रहेर गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरसहित समर्थन गरेको भन्दै नेता नेपालसहित ११ जना नेतालाई साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट हटाएका छन्।

१२ जना सांसदहरूलाई पनि हटाउने भन्दै ओलीले स्पष्टीकरण सोधेका छन्।

Skip This
Skip This
Logo