यस वर्षको विपतको सामना गर्न सरकार पूर्वतयारीमा

यस वर्षको विपतको सामना गर्न सरकार पूर्वतयारीमा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको विपतको सामना गर्न पूर्वतयारी गरिरहेको बताएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले यसवर्ष मनसुनको समयमा आइपर्ने विपतहरु बाढी, पहिरोको घटनाको प्रतिकार्य गर्नका लागि प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्म छलफल सुरु गरेर तयारी थालेको बताए। कोभिड संक्रमणको जोखिम शहरबाट गाउँ गाउँ पुगेको अवस्थामा विपतको उद्दारमा खट्ने जनशक्तिलाई संक्रमण हुनबाट कसरी बचाउने भन्न चुनौति रहेको प्रमुख पोखरेलले बताए। 

विपदमा उद्धार ब्यबस्थापन गर्न पहिलो पक्ष स्थानीय सरकार भएकोले र अहिले स्थानीय सरकारहरुले विपदपूर्वको काम गरिरहेको पनि प्रमुख पोखरेलले बताए। सरकारले विपदको समयमा खट्ने वर्गको पहिचान गरि खोप लगाउन सके काममा सहज हुने बताए।  

विपतमा उद्दारमा खट्ने फ्रन्टलाइनर्सहरुलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्थापन गर्नेबारे सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको पनि उनले जानकारी दिए। 

उनले भने – ‘यसको लागि पोहोर सालदेखि नै हामीले सुरुवात गरेका थियौँ। रेस्पोन्डर्सहरुलाई कसरी सुरक्षित राख्ने, पिपिई, डिसइन्फेक्शन गर्ने प्रणालीहरु, त्यो प्राटोकलहरु स्वास्थ्य मन्त्रालयले यसलाई लिड गर्नुहुन्छ। सुरक्षा निकायले प्रोटोकल अनुसार गर्ने र नेपाल रेडक्रसका स्वयंसेवकलाई पनि हामीले यो प्रोटोकलबारे जानकारी गराएका थियौँ। त्यही अनुभवलाई हामीले  यो वर्ष पालना गर्नुपर्ने हुन्छ। 

यसवर्ष हामीले स्वास्थ्य मन्त्रालयसँग फ्रन्टलाइनर स्थानीय पालिकामा हुने स्वयंसेवी, रेडक्रसका स्वयंसेवक, सुरक्षाकर्मी जसले विपतमा उद्दारकर्ताको काम गर्नुहुन्छ । उहाँहरुलाई खोपमा प्राथमिकता दिने कुरामा स्वास्थ्य मन्त्रालय र विभिन्न मन्त्रालयसँग समन्वय गरेर तयारी गर्दैछौँ।’

यस वर्ष विपतका घटना बढ्नसक्ने सम्भावना रहेको भन्दै उनले जोखिम कम गर्ने सम्बन्धमा पूर्वतयारी थाल्न पनि सबैको ध्यानाकर्षण गराएका छन्।

Skip This
Skip This
Logo