विज्ञहरु भन्छन्, ‘जडिबुटी मात्रा मिलाएर खाऔँ’

विज्ञहरु भन्छन्, ‘जडिबुटी मात्रा मिलाएर खाऔँ’

केन्द्रबिन्दु
0
Shares

गुर्जो, असुरो, वन हलेदो, सिमली, पारिजात, लसुन, प्याज, चिराइतो, पाँचऔले, निरमसी जस्ता जडिबुटीले शरीरमा भएको विषादी हटाउन मद्दत गर्ने भएकाले मात्रा मिलाएर यसको खानुपर्नेमा जोड दिइएको छ। 

गुर्जो र बेसारजस्ता जडिबुटीकै विषयमा ५०० भन्दा बढी अनुसन्धान गरी मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने प्रमाणित भएको ब्राह्मण समाज नेपालले आज जुम प्रविधिबाट आयोजना गरेको महामारी र आयुर्वेद विषयक प्रवचन कार्यक्रममा आयुर्वेद चिकित्सक डा ऋषिराम कोइरालाले बताए। भारतमा कोरोनाबाट बच्न जडिबुटीको औषधी दिने पाँच लाख आरोग्य धाम निर्माण भएको पनि उनले जानकारी दिए। त्यस्ता धाम नेपालमा पनि खोलिनुपर्ने उनको भनाई थियो।  

मानिसको दैनन्दिनी, के खाने? के नखाने? जस्ता विषयमा ध्यान दिएर पनि कोरोनाजस्ता महामारीबाट बच्न सकिने आयुर्वेदका चिकित्सकको सुझाव छ। कोरोनाका बिरामी राखिएका अस्पतालका नर्सले पनि योग र प्राणायाम गराएका उदाहरण सुनाउँदै चिकित्सक कोइरालाले सूर्य नमस्कार, हिँडडुलजस्ता योग आसन एवं व्यायामले पनि मानव शरीरमा रोगसँग लड्ने क्षमता विकास गर्ने बताए।

गर्मी बढेको अहिलेको समयमा सुठो, मरिच, पिप्ला मिसाएर मुखमा राखे घाँटीको खसखस ठिक गर्ने, ज्वानु, मरिच राखेर वाफ लियो भने नाक र घाँटीमा रहेका कीटाणुलाई निकाल्न सकिने उपचार विधि छ। कागती र फलफूलले शरीरलाई शुद्ध गर्न काम गर्ने भएकाले यसको पनि नियमित सेवन गरिनुपर्ने सल्लाह उनले दिएका छन्।  

मूला, फर्सीको बीउ, आलस, मधिशे बदाम, काजुजस्ता चीजबीजको प्रयोगले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ। दैनिक एक चम्चा घिउले पनि एण्टी अक्सिडेण्टका रुपमा काम गर्ने भएकाले सेवन गर्न हुने सल्लाह चिकित्सकको छ। महामारीको यो बेलामा गेडागुडीका परिकार धेरै खान सुझाव दिइएको छ।  

तुलसी, बाबरी, घोडटाप्रे, रुधिलोजस्ता जडिबुटीले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्छ। पखाला लाग्दा ज्वानु र मरिचपानीमा उमालेर जीवनजल राखी खान सकिने चिकित्सक कोइरालाले बताए। समाजका उपाध्यक्ष महेश पराजुलीले महामारीका बेला अन्तर्क्रिया नियमितरुपमा गरिने जानकारी दिए।

Skip This
Skip This
Logo