प्रतिपक्षी एमालेले बैठक अवरुद्ध गरेपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

प्रतिपक्षी एमालेले बैठक अवरुद्ध गरेपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेश प्रदेशसभाको आठौं (वर्षे) अधिवेशनको पहिलो बैठक आधा घण्टाका लागि स्थगित भएको छ। 

प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले बैठकको सुरुमै हिजो भन्दा आजको सरकारको बनावट फरक भएको भन्दै राजनीतिक अपराध मात्र नभएर फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा कायम राखेको भन्दै आक्रोश व्यक्त गरे। 

यसबारेमा सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमाले प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए। लोकतन्त्र र सभाको मर्यादा बढाउनका लागि सजाय पुष्टि भईसकेका व्यक्तिलाई सरकारले बर्खास्त गर्नुपर्ने उनको माग थियो। 

प्रतिपक्षी एमालेले बैठक अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि बैठक स्थगित गरिएको जानकारी गराए ।

Skip This
Skip This
Logo