कांग्रेस सांसद हिमाल कार्कीले मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण गर्ने अधिकार हनन् गरेको आरोप लगाएका छन्।
तीन वर्ष बित्दा पनि नामाकरण नभएको प्रदेश १ को आठौं तथा बजेट अधिवेशनमा सांसद कार्कीले नामाकरण गर्ने प्रदेश सभाको संवैधानिक अधिकार हनन् नगर्न चेतावनी दिए।
‘आजको मितिसम्म प्रदेशले नाम पाएको छैन, नेपालको संविधानको धारा २९५ को उपधारा २ मा स्पष्ट व्यवस्था गरेको छ, कि प्रदेशको नामाकरण प्रदेशको दुई तिहाइ सदस्यले तय गर्नेछ’, सांसद कार्कीले भने, ‘त्यसलाई आधार मानेर प्रदेश सभाले नियमावली बनाएको छ र प्रदेशसभा नियमावलीको नियम ५८ (ख) मा नामाकरणसम्बन्धी व्यवस्था गरिएको छ तर, मुख्यमन्त्रीज्यूले यो प्रक्रियालाई बेवास्ता गर्दै प्रदेशसभाको अधिकारलाई हनन् गर्नु भएको छ त्यसो नगरियोस्।’
मुख्यमन्त्री राईले गर्वका साथ प्रदेशको स्थायी राजधानी तोकिएको बेला नामाकरणबारे सम्झौता गरिएको बताएको प्रसङ्ग कोट्याउँदै कुन अँध्यारो कोठामा बसेर को–कोसँग सहमति गरेर नामाकरण आएन? भन्दै प्रश्न गरेका छन्।
उनले यदि लिखित सम्झौता भएको भए त्यो बैठक पुस्तिका प्रदेश सभामा पेस गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन्।































प्रतिक्रिया