आज नेप्से परिसूचक १३.५९ अंकले गिरावट

आज नेप्से परिसूचक १३.५९ अंकले गिरावट

केन्द्रबिन्दु
0
Shares

लगातार रुपमा उकालो लागेको शेयर बजार मापक नेप्से परिसूचक बुधबार करेक्सन देखिएको छ। बुधबार कारोबार सुरु हुँदा ३ हजार अंकमाथि पुगेको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म १३.५९ अंकले घटेर २ हजार ९४६.५८ अंकमा झरेर बन्द भएको छ।

आज दिनभर शेयर बजारमा उतारचढाव देखिएको छ। आज कोरोबारमा आएका २२१ कम्पनीको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ ४१ पैसामा कारोबार भएको छ। 

आज ७१ वटा कम्पनीको शेयर मूल्य बढ्दा १३५ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १५ वटा कम्पनीको स्थिर छ।

वाणिज्य बैंकका साथै अन्य वित्तीय संस्थाको मूल्य घट्दा बजार ओरालो लागेको छ। व्यापार, फाइनान्स, निर्जीवन, जीवन, उत्पादन तथा प्रशोधन र लगानी कोष समूह बढेको छ। बाँकी सबै घटेको छ। विकास बैंक र वाणिज्य बैंकको सूचक ओरालो लाग्दा समग्र बजार झरेको हो। झर्दो बजारलाई अन्य समूहले सघाएको छ। 

अरुणभ्याली हाइड्रोपावर कम्पनीको ८७ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ। यसपछि पुनर्बीमाको ६१ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ। नेपाल इन्स्योरेन्सको ५१ करोडको किनबेच भएको छ।

बजारमा नेपाल इन्स्योरेन्स, युनाइटेड मोदी, रिडी हाइड्रो, अरुण भ्याली र सीइडीबी शेयर मूल्य सर्वाधिक नौ प्रतिशतभन्दा धेरैले बढेको छ।  

युनाइडेड इदीका लगानीकर्ताले करिब १० प्रतिशतले गुमाएका छन्। महालक्ष्मी विकास बैंक, शाइन रेसुंगा, मितेरी डेभलपमेन्ट बैंकलगायतको पनि मूल्य घटेको छ।

Logo