गण्डकीका नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरूद्वारा शपथ ग्रहण

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरूद्वारा शपथ ग्रहण

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित उनले विस्तार गरेका मन्त्रिपरिषद्का सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट उनीहरूले शनिबार साँझ शपथ ग्रहण गरेका हुन्।

विपक्षी गठबन्धनबाट मुख्यमन्त्री बनेका पोखरेलले चार जनालाई मन्त्री बनाएका छन्।

मन्त्री भएकाहरूमा स्वतन्त्र सांसद तथा पूर्वमन्त्री दीपक मनाङे, कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधु अधिकारी र जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य रहेका छन्।

उनीहरू सबै जना बिना विभागीय मन्त्री हुन्। मन्त्रालय टुङ्गिन बाँकी छ।

Skip This
Skip This
Logo