काठमाडौं उपत्यकामा निषेधाज्ञाबारे निर्णय गर्न आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ।
वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म जारी छ। अब निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे छलफल गर्न आज सिडिओहरुको बैठक बस्ने भएको हो।
बैठक दिउँसो ३ बजे बस्ने बताइएको छ । पछिल्लो समय देशभरि नै संक्रमणदरमा कमी आउन थालेकाले विस्तारै निषेधाज्ञा खुकुलो बनाउनु पर्ने व्यवसायीहरुले बताउँदै आएका छन्। यता स्वास्थ्यक्षेत्रका विज्ञहरुले भने केही हप्ता अझै निषेधाज्ञा जारी राख्नु पर्ने बताउँदै आएका छन्।
हाल देशका ७५ जिल्लामा आंशिक वा पूर्ण निषेधाज्ञा जारी रहेको छ।































प्रतिक्रिया