महानगरद्वारा नक्कली मह बनाउने गिरोह प्रकाउ

महानगरद्वारा नक्कली मह बनाउने गिरोह प्रकाउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिका र महानगरीय प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्कस्थित होटल रेड डाइमण्डमा छापा मारी नक्कली मह बनाउने गिरोहलाई पक्राउ गरेको छ ।

आज बिहान महानगरपालिको बजार अनुगमन टोलीले बसपार्कस्थित तीनवटा कोठामा चिनी पानी पकाएको खुदोलाई मह भनी राखिएको अवस्थामा अनुगमन टोलीले होटल मालिकलाई सोधपुछ गरेर १२ जनालाई नियन्त्रणमा लिएको अनुगमन टोलीमा रहेका उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए ।

उनले चिनी पानीलाई मह भनी बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको र यसको विषयमा थप अनुसन्धान भइरहेकाले अन्य विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

Skip This
Skip This
Logo