महोत्तरीमा बिओपी स्थापना गरि कार्य संचालन

महोत्तरीमा बिओपी स्थापना गरि कार्य संचालन

केन्द्रबिन्दु
0
Shares

महोत्तरी।

सशस्त्र प्रहरी बल नेपाल नं ९ गण महोत्तरीको मातहतमा रहने गरि जिल्लाको एकडाँडा गाउँपालिका वडा नं ४ स्थिति हलखोरिमा स.प्र.बल नेपाल बि.ओ.पी. मरुवाही स्थापना गरि कार्य संचालन शुरु गरिएको छ ।

शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथिमा स.प्र.बल नेपाल नं. २ प्रदेशका बाहिनीपति स.प्र.ना.म.नि कृष्णभक्त ब्रह्माचार्य, विशिष्ट अतिथिमा महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल र गाउँपालिका अध्यक्ष रामछविला साह उपस्थित थिए ।

उक्त बि.ओ.पी हाल भाडाको घर लिई अस्थायी रुपमा संचालन गरिएको छ । उक्त कार्यक्रमलाई स्वागत गर्दै स.प्र.बल नेपाल नं. ९ गणका गणपति स.प्र.उ. सुरेश सापकोटाले बि.ओ.पी स्थापनाका कारण र सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी , मानव तस्कर जस्ता घटनाहरुको नियन्त्रणमा स.प्र.बलले मूख्य भूमिका निर्वाह गर्दै नागरिकको जीउधनको रक्षाका निम्ति अहोरात्र सीमामा पहरेदारको रुपमा रहने विश्वास दिलाए।

साथै कार्यक्रम का प्रमुख अतिथिले सिमा नाकामा हुने अवैध गतिविधिको रोकथाम , सिमा अतिक्रमण जस्ता संवेदनशील विषयमा राज्यले दिएको जिम्मेवारी लाई अक्षरश पालन गर्दै त्यसता विषयमा नियन्त्रण र निगरानी गरिरहेको स्पष्ट पारे ।

 

Logo