नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनु पर्ने बताएका छन्।
सोमबार नुवाकोटमा आयोजिक एक कार्यक्रममा बोल्दै नेता केसीले सरकारले विकास र समृद्धिका ठूला कुरा नगरी यतिखेर नेपालीको जीवन रक्षाका लागि राज्यको सम्पूर्ण शक्ति र सम्पति लगाउनु पर्ने बताएका हुन् । राजनीतिपछि पनि गर्न सकिने भन्दै उनले पहिले जनताको जीवन बचाउन सरकारको ध्यानाकर्षण गराए।
उनले भने,–'हामी सरकारलाई पनि भन्न चाहान्छौँ, अहिले तिमी ठूला–ठूला विकास, समृद्धिका सपना, झुठको खेती नगर। जम्मै भएभरको राष्ट्रिय शक्ति र सम्पति कोभिड महामारीबाट नेपाली जनतालाई मुक्ति बनाउनको निम्ति खर्च गर। पहिले नेपाली जनता बाँचुन्, पहिले नेपाली जनताको सुरक्षा गरौँ। राजनीति भोलि गरौंला। राजनीति पछि गर्न सकिन्छ। अहिले जनताको स्वास्थ्य नै केन्द्रबिन्दु हो भन्ने राष्ट्र, राजनीतिक दल र सरकार सबैले लिनुपर्छ।'
नेता केसीले अहिले सबै राजनीतिक दल र सरकारले जनताको स्वास्थ्यलाई केन्द्रविन्दुमा राख्नुपर्ने बताए।





























प्रतिक्रिया