फिफा वरीयतामा नेपाल ३ स्थान उक्लियो

फिफा वरीयतामा नेपाल ३ स्थान उक्लियो

केन्द्रबिन्दु
0
Shares

नेपाल फिफा वरीयतामा तीन स्थानमाथि उक्लेको छ । नयाँ वरीयतामा नेपाल १७१ औं स्थानबाट १६८ औं स्थानमा पुगेको हो ।

नेपालले एसियाली विश्वकप छनोटमा आफ्ना तीन खेलपछि यो वरीयता सुधार गरेकाे हाे । विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । बाँकी खेलमा भने नेपाल पराजित रहेको थियो ।

सन् २०१९ पछि नेपालको वरीयतामा सुधार आएको हो । त्यसअगाडि नेपाल १६१ औं स्थानमा रहेको थियो । 

Logo