युरोकपको दोस्रो खेलमा स्विट्जरल्यान्डलाई सहजै पराजित गर्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको छ । म्यानुएल लोकाटेलीको दुई गोल तथा चिरो इम्मोबिलेको एक गोलमा इटालीले ३-० को जित दर्ता गरेको हो ।
खेलको २६ औं मिनेटमा म्यानुएल लोकाटेलीले गोल गर्दै इटालीले अग्रता लिएको थियो । दोस्रो हाफको ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । खेलकाे ८९ औं मिनेटमा इम्मोबिलेले गोल गर्दै इटालीलाई ३-० को जित पक्का गरे । उनले राफाएल टोलोइको पासमा लामो दुरीबाट गरेको प्रहार गोल भएको थियो ।
यस जितसँगै समूहको शीर्ष स्थानमा रहेको इटालीको २ खेलमा ६ अंक रहेको छ । वेल्स २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ ।































प्रतिक्रिया