गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा विश्वासको मत पाएका छन्।

उनले मुख्यमन्त्रीको रुपमा ३१ जना प्रदेश सभा संसदहरुको विश्वासको मत पाएका हुन्। जम्मा ५८ सांसद उपस्थित रहेकोमा मुख्यमन्त्रीप्रति विश्वास छैन भन्नेमा २७ मत खसेको थियो।

मुख्यमन्त्री नेपालीले आज प्रदेश सभाबाट विश्वासको मत पाएसँगै उनी बाँकी कार्यकालका लागि सुरक्षित भएका छन्। मुख्यमन्त्री पोखरेल कांग्रेसतर्फका पहिलो मुख्यमन्त्री र प्रदेश सरकारमा विश्वासको मत पाउने तेस्रो मुख्यमन्त्री बनेका छन्।

२९ जेठमा तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सत्ताच्युत भएपछि पोखरेल मुख्यमन्त्री बनेका थिए। प्रदेश प्रमुख सीताकुमारी पौडेलले २९ जेठमा पोखरेललाई संविधानको धारा १६८ को ५ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। 

संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था भए अनुसार पोखरेलले आज विश्वासको मत लिएका हुन्। 

मुख्यमन्त्री पोखरेललाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, राजमो र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थन छ।

Skip This
Skip This
Logo