गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत (भिडियोसहित)

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत खसेको हो। प्रस्तावको विपक्षमा २७ मत खसेको छ। प्रदेशसभा बैठकमा ५८ सांसद उपस्थित थिए। गठबन्धन दलले साथ नछोडे अर्को निर्वाचनसम्म पोखरेललाई गण्डकी प्रदेश सम्हाल्ने अवसर मिल्नेछ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकता माग गरेका छन्। शुक्रबार पार्टी कार्यकारिणी समितिका बहुमत सदस्यले गरेको निर्णयसहित आयोग पुगेका यादवले निर्वाचन आयोगको पछिल्लो निर्णयले पार्टी संगठन सञ्चालनमा बाधा पुगेको भन्दै आधिकारिकता आफूलाई दिन माग गरेका हुन्। यादव पक्षले दलको विधान, संविधान र राजनीतिक दलसम्बन्धी कानुनअनुसार आधिकारिकता दाबी गरेको भन्दै त्यसमा निर्णय गरिदिन माग गरेको हो। महन्थ ठाकुर पक्षले गरेको कारबाही आफूलाई मान्य नहुने पनि यादव पक्षको जिकिर छ। 

यसवर्ष डेढ महिना अवधिको निषेधाज्ञाका बीच बैंकरूमा तरलता अभाव देखिन थालेको छ। तरलता अभावका कारण केही दिनदेखि अन्तर–बैंक सापटीसमेत पाउन असहज हुन थालेको बैंकहरुले जनाएका छन्। पछिल्ला दिनमा सरकारले बैंकहरुसँग भएको ४१ अर्ब रुपैँयाँ राष्ट्र बैंकमार्फत् आन्तरिक ऋण उठाए पछि तरलता अभाव देखिएको हो।

 

जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज तीन खेलहरु हुँदैछन्। आजका खेलमा खेलमा स्वीडेन र स्लोभाकियाबीच अहिले प्रतिस्पधा जारी छ। यस्तै दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक भिड्नेछन्। दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ। यस्तै तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । जसमा स्कटल्याण्ड युरोकप २०२० मा पहिलो जित निकाल्ने दाउमा छ भने, इंग्ल्यान्ड लगातार दोस्रो जीत निकाल्ने तयारी सहित मैदान उत्रदै छ। 

उत्तर कोरियाका नेता किम जङ–अनले आफ्नो देशले संयुक्त राज्य अमेरिकासँग “वार्ता र मुठभेड’ दुवैका लागि तयारी गर्नुपर्ने टिप्पणी गरेका छन्। यो सँगै राष्ट्रपति बाइडेनको प्रशासनबीचको सम्बन्ध तनावपूर्ण बन्ने आँकलन गरिएको छ। उत्तर कोरियाले आफ्नो देशले खाद्य अभावको समस्या बेहोरिरहेको भनेर औपचारिकरूपमा स्वीकार गरेको केही दिनपछि यस्तो बताएको हो।

Skip This
Skip This
Logo