बाढीपहिरोका कारण उच्च जोखिममा जलविद्युत् आयोजनाहरू (भिडियोसहित)

बाढीपहिरोका कारण उच्च जोखिममा जलविद्युत् आयोजनाहरू (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

नेपालमा मनसुनजन्य घटनासँगै बढेको बाढीपहिरोका कारण जलविद्युत् आयोजनाहरू प्रभावित बनेका छन् । कास्कीमा निर्माणाधीन अवस्थामा रहेको ४४ मेगावाट क्षमताको सुपर मादीमा मात्र एक अर्बको क्षति पुगेको छ भने, अन्य थुप्रै आयोजना प्रभावित बनेका छन्। हाल बाढीपहिरोका कारण जलविद्युत् आयोजनाका उपकरणमा नदीको बालुवा तथा लेदो पसेकाले पनि केही दिन विभिन्न आयोजनाहरूबाट विद्युत् उत्पादन बन्द हुने समेत सम्बन्धीत आयोजनाहरूले जनाएका छन्। 

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकबाट भदौ १६–१९ महाधिवेशनको कार्यतालिका पारित भएपछि सभापति शेरबहादुर देउवा आन्तरिक छलफलमा जुटेका छन् । यसक्रममा सभापति देउवाले अबको अधिवेशनमा पनि आफैंलाई सभापतिको उम्मेद्वार बनाउने परिस्थिती सृजना भएको भन्दै त्यसका लागि लभिङ सुरु गरेका हुन्। शनिबारको बैठकमा सभापति देउवाले जिल्ला–जिल्लाको वस्तुस्थितिबारे जानकारीसमेत लिएका थिए । 

नेपाल आफैंमा बहुआयामिक प्रकोपको जोखिममा रहेको देश भएपनि यो वर्ष मनसुनको सुरुआत सँगै मनसुनी प्रकोपले ठूलो क्षति पुर्याएको छ। विशेष गरेर नेपालले बाढी, पहिरो, आगलागी, भूकम्प, शीतलहर, चट्याङ, हिमपातको प्रकोप हरेक वर्ष झेलीरहेको छ। हामीले विपद् पुर्व गर्नु पर्ने व्यवस्थापन र तयारीको काम नगर्दा ठूलो जनधनको क्षति बेहोर्दै आएका छौं। 

एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपबाट ५ देशले नाम फिर्ता लिएका छन् । यसअघि चीनमा हुने भनिएको प्रतियोगिता अब फिलिपिन्स सरेको छ। यता, ५ वटा देशले प्रतियोगिताबाट हात झिकेपछि अब नेपालसहित १२ देशले मात्र च्याम्यिनसिमका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। 

जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (शनिबार) तीन खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा समूह एफमा रहेका फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुँदैछ भने, दोस्रो खेलमा आज पोर्चुगल र जर्मनी भिड्दै छन्। यो खेललाई युरोकप २०२० को निकै महत्वपूर्ण खेलका रुपमा पनि लिइएको छ। यस्तै आज हुने तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। 

Skip This
Skip This
Logo