कोपा अमेरिका फुटबल अन्तर्गत सोमबार बिहान भएको खेलमा भेनेजुएला र इक्वेडरले २-२ गोलको बराबरी खेलेका छन् ।
रियो दि जेनेरियोमा भएको खेलको ३९औँ मिनेटमा इक्वेडरले अग्रता लिएको थियो । तर, भेनेजुएलाले ५१औँ मिनेटमा बराबरी गोल फर्कायो ।
इक्वेडरले ७१औँ मिनेटमा पुन अग्रता लियो । त्यसपछि खेल २-१ को स्थितिमा पुगेको थियो । तर, इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा भेनेजुएलाले बराबरी गोल फर्काउँदै बराबरी गर्न सफल भएकाे हाे ।





























प्रतिक्रिया