कोपा अमेरिका : पेरुकाे पहिलो जित

कोपा अमेरिका : पेरुकाे पहिलो जित

केन्द्रबिन्दु
0
Shares

कोपा अमेरिका फुटबलमा पेरुले कोलम्बियामाथि जित दर्ता गरेकाे छ । 

सोमबार बिहान भएको खेलमा कोलम्बियालाई २-१ गोल अन्तरले पराजित गर्दै पेरुले पहिलो जित निकालेको हो ।

पेरुलाई जित दिलाउन सर्जियो पेनाले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । कोलम्बियाका मिगुएल बोर्जाले एक गोल फर्काए ।

खेलको १७ औं मिनेटमा पेनाले गोल गर्दै पेरुलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ५३ औं मिनेटमा बोर्जाले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६४ औं मिनेटमा कोलम्बियाका एरी मिनाले आत्मघाती गोल गरेपछि पेरु २-१ ले विजयी भयो । यस जितसँगै समूह 'बी' को पेरुले २ खेलमा ३ अंक जोडेको छ ।

यसै समूहको अर्को खेलमा भेनेजुएला र इक्वेडरले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।बराबरीसँगै चौंथो स्थानको भेनेजुएलाले ३ खेलमा २ अंक जोडेको छ ।

 

Skip This
Skip This
Logo