उत्तर अमेरिकाव्यापी कविता प्रतियोगिता हुने, प्रथम हुनेलाई ३ सय अमेरिकी डलर

उत्तर अमेरिकाव्यापी कविता प्रतियोगिता हुने, प्रथम हुनेलाई ३ सय अमेरिकी डलर

केन्द्रबिन्दु
0
Shares

एएनएको वार्षिक उत्सवको अवसर पारेर आगामी जुलाई ३ मा अमेरिका व्यापी खुल्ला कविता प्रतियोगिता हुने भएको छ। 

उत्तर अमेरिकामा बसोबास गरिरहेका कविहरूलाई दुई सय शब्दसम्मको समसामयिक विषयमा लेखिएको कविता जून २८ सम्ममा पठाउन अनुरोध गरिएको छ। 

अनेसासको सहआयोजनामा हुने उक्त प्रतियोगिताको संयोजकको जिम्मा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजालाई दिइएको छ।

संयोजक पूजाका अनुसार प्रतियोगितालाई पारदर्शी बनाउन उत्तर अमेरिकाकै तीनजना निर्णायकलाई छनोट गरि वाचनका लागि उत्कृष्ट दश कविको नाम सार्वजनिक गरिनेछ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः ३ सय, दुई सय र एक सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ। 

Skip This
Skip This
Logo