कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाका १८ सांसदहरुद्वारा अविश्वास प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाका १८ सांसदहरुद्वारा अविश्वास प्रस्ताव दर्ता

केन्द्रबिन्दु
0
Shares

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आफ्नै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

मुख्यमन्त्री शाहीको कार्यशैली खराव रहेको र सरकारको काम समेत प्रभावकारी नभएको आरोप लगाउँदै उनीहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

शाहीलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै आज १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाब जङ्ग शाहलाई बुझाएका हुन् ।

कर्णाली प्रदेशको प्रदेशसभामा नेकपाबाट ३३ जना सांसद छन् । त्यस मध्ये १८ जनाले नेकपाको संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

Logo