नेप्सेमा हरियाली, आज ७९.४४ अंकले बढ्यो

नेप्सेमा हरियाली, आज ७९.४४ अंकले बढ्यो

केन्द्रबिन्दु
0
Shares

नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमपूर्ण भन्दै सूची सार्वजनिक गरेपछि एक हप्तादेखि लगातार घटेको शेयर बजार आज बढेको छ। 

आज नेप्से परिसूचक ७९.४४ अंकले बढेर २ हजार ९१३.८४ बिन्दुमा पुगेको छ। 

आज २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार कित्ता शेयर खरीदबिक्री हुँदा १० अर्ब २८ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज जानकी फाइनान्स, वरुण हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनी, नाग्दी ग्रुप पावर र पञ्चकन्यामाई हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ ।

२०१ कम्पनीको शेयर मूल्य बढेको छ। १५ कम्पनीको मूल्य घटेको छ भने ९ वटा कम्पनीको शेयर मूल्य स्थिर छ।

Logo