रोल्पामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु, तीन घाइते

रोल्पामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु, तीन घाइते

केन्द्रबिन्दु
0
Shares

अविरल वर्षापछि गएको पहिरोमा परी रोल्पा नगरपालिका–९ लिउनमा तीनजनाको ज्यान गएको छ। घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनामा परी तीनजना घाइते भएका छन्। पहिरोले घर पुरिँदा रोल्पा–९ लिउनका ४६ वर्षीया प्रतिमा बुढा, १८  वर्षीया  सुशिला बुढा र १६ वर्षीया श्यामकला बुढाको मृत्यु भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

घटनामा परी ४० वर्षीय टीकासिंह बुढा, ४५ वर्षीया सुनमाया  बुढा र नौ वर्षीय शक्तिमान बुढा घाइते अवस्था रहेको सुवेदीले  बताए। “घाइतेमध्ये सुनमाया र शक्तिमानको अवस्था सामान्य छ”, सुवेदीले भने।रासस

Skip This
Skip This
Logo