दक्षिणकाली मन्दिर क्षेत्रमा मृत भेटिएकी सन्तोषी सुब्बाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले एक युवकलाई पक्राउ गरेको हो ।
दक्षिणकाली मन्दिर परिसरमा मंगलबार बिहानै एक जना महिलाको शव देखेपछि च्याउ टिप्न गएका दुई महिला तर्सिएका थिए। स्थानीय महिला आत्तिएर त्यहीँ नजिकै रहेको इलाका प्रहरी कार्यालयमा खबर गरेपछि घटनास्थलमा अनुसन्धान गर्न प्रहरी टोली पुगेको थियो।
सन्तोषीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको तर आरोपितले प्रारम्भिक सोधपुछमा त्यसलाई इन्कार गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जनाएका छन् ।





























प्रतिक्रिया