स्पेनमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

स्पेनमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

केन्द्रबिन्दु
0
Shares

स्पेनमा हुने भनिएको आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ।

कोभिड–१९ का कारण स्पेनमा तय भएको उक्त सिरिज एक वर्षका लागि स्थगित भएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए। उक्त सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको थियो। 

क्यानका सचिव प्याकुरेलका अनुसार सिरिज सन् २०२२ जुलाईसम्मका लागि स्थगित भएको छ। उक्त प्रतियोगिताका लागि नेपालले असार ८ गतेदेखि बन्द प्रशिक्षण सुरु गरेको थियो । 

लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ। लिगमा नेपालले चार खेलमा चार अङ्क जोडेको छ। नेपाल छैटौँ स्थानमा रहेको छ। ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ। बाह्र खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ। 

Skip This
Skip This
Logo